- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् । संस्थापन पक्षधरबाट तीन र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । उनीहरू तीनै जना संस्थापन पक्षका हुन् ।
त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् । उनी हालका जिल्ला सचिव हुन् ।