- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । नेपाली कांग्रेसको दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वीलाई दोब्बर बढी मतले पराजय गर्दै बोहरा सभापतिमा निर्वाचित भएका हुन् । जम्मा खसेको ९ सय ५६ मतमध्ये बोहरा ६२० मतका साथ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
उनीसँग प्रतिस्पर्धा गरेका अमरसिंह धामीले ३०९ मत प्राप्त गरे । बोहरा ३११ मतान्तरले विजयी भएका हुन् । नेपाली कांंग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशनबाट उनले पुनः दोस्रो कार्यकाल सम्हालेका छन् ।
यस्तै उपसभापतिमा ललितसिंह ठगुन्ना (५४०), महादेव बडू (४८२), सचिवमा पुलेन्द्रबहादुर कार्कीले सबैभन्दा बढी मत (६६५), माधवराज भट्ट (४८२), सहसचिवमा राजु अवस्थी (५६९), राजेन्द्रप्रसाद जोशी (४२८) मत ल्याएर विजयी भएका छन् ।
यस्तै जिल्ला कार्यसमिति सदस्य खस–आर्य तर्फबाट इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, शेरसिंह धामी, भानसिंह धामी, जिल्ला कार्यसमिति सदस्य गापा–नपाबाट नविन चन्द, बहादुर सिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी, जिल्ला कार्यसमिति सदस्य अपांगता अल्पसंख्यकमा दानी गिरी निर्वाचित भएका छन् ।
यसैगरी जिल्ला कार्यसमिति सदस्यमा करन सिंह धामी, भागरथी देवी धामी, दिलिप सिंह कार्की, सरस्वती कुँवर, बासुदेव बडू, हंसराज भट्ट, बिन्दु अवस्थी, भागरथी पाल, देवमा लोथ्याल, महेश सिंह ठेकरे, वीर सिंह धामी, हरिना भट्ट, अर्जुन ठगुन्ना, देउमती धामी र सन्जा धामी निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला कार्यसमिति सदस्य (महिला) कलावती ठेकरे, माया भट्ट र शान्ती देवी धामी, (दलित) मदनराम लुहार र श्याम सिंह सिनाल, आदिवासी जनजातिमा धिरन सिंह बुढाथोकी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कूल १ हजार ४३ मतदातामध्ये ९५६ मत खसेको थियो । प्रदेश क्षेत्र (क) मा ५३८ र (ख) मा ४१८ मत खसेका थिए ।