- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल विद्यार्थी संघबाट राजनीतिमा स्थापित प्रतिमा गौतमले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
तीन दशक यतादेखि कांग्रेसको राजनीतिमा सक्रिय गौतमले विधि बिधानलाई अक्षरसः पालना गरी सबल र सशक्त कांग्रेस बनाउने अभियानमा जुट्ने बाचाका साथ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिइन ।
२०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी उनी ०४९ सालमा पद्मकन्या बहुमुखी क्याम्पसको स्ववियू सदस्य हुँदै नेविसंघको केद्रीय महामन्त्री भइसकेकी छन् ।
पद्मकन्या क्याम्पसमै ०५१ सालमा सहसचिब, ०५३ सालमा उपसभापति र ०५५ सालमा स्ववियू सभापति भइसकेकी उनी नेविसंघ केन्द्रीय सदस्य हुँदै महामन्त्रीमा निर्वाचित बनेकी थिइन ।
०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक र ०७० सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहीसकेकी उनी कांग्रेसको १०औं महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधिका रुपमा रहँदै आएकी छन् । यस पटक उनले पार्टीको केन्द्रीय सदस्यमा विजयी भएर सबल र सुदृढ कांग्रेस बनाउने अभियानलाई शसक्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाएकी छन् ।