arrow

रोचक बन्दै कास्की कांग्रेसको चुनावः हारेका तीन उम्मेदवार भट्टराईको पक्षमा, बराल एक्लै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
Sudip & Kishor.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीको महाधिवेशन रोचक बन्दै गएको छ । पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज पुनः मतदान हुँदैछ । 

आजको चुनावमा नेता किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ ।

शुक्रबारको प्रतिस्पर्धामा पाँच जना उम्मेदवार थिए । पहिलो चरणको चुनावबाट तीन जना अध्यक्षका उम्मेदवार बाहिरिएका छन् । आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम बाहिरिएका हुन् ।

यद्यपि पहिलो चरणबाट बाहिरिएका तीन जनाको समर्थन एकै ठाउँमा हुने भएको छ । उनीहरुले आज एक विज्ञप्ति प्रकाशित गरि आफूहरु तीन जनाकै समर्थन उम्मेदवार सुदीप मोहन भट्ट्राईलाई रहेको स्पष्ट पारेका छन् । 

योसंगै कास्की कांग्रेसको चुनावी माहोल रोचक बनेको छ । पहिलो चरणमा सबैभन्दा धेरै मत प्राप्त गरेका किरोदत्त बराल एक्ला बनेका छन् ।

पहिलो चरणमा बरालले ६४४ मत प्राप्त गर्दा भट्टराईले ४७२ मत प्राप्त गरेका थिए । योसंगै भट्टराई कास्की कांग्रेसको सभापति बन्ने सम्भावना बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ