- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपाली कांंग्रेस रुपन्देही जिल्ला सभापतिमा गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँण सभापति बन्ने भएका छन् । कांग्रेस महाधिवेशन अन्तर्गत जिल्ला सभापति पदको लागि रुपन्देहीमा शुक्रबार निर्वाचन मिति तोकिए पनि सहमतिका आधारमा सभापति चयन गर्ने भन्दै छलफललाई तीव्रता दिइएको थियो।
सभापति पदका लागि चार संस्थापन पक्ष र इतर पक्षबीच कडा रुप लिने भएपछि सहमतिका आधारमा सभापति चयन गर्नुपर्ने भन्दै बिहीबारदेखि छलफललाई निरन्तरता दिइएको हो ।
शुक्रबार निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै शनिबारका तर गरिएको जनाएको थियो । सोही अनुसार सहमतिबाटै रुपन्देही जिल्ला सभापतिमा गृहमन्त्रीका भाइ रामकृष्ण खाँणलाई सभापति बनाउने सहमति भएको स्रोतले बताएको छ ।
स्रोतले भन्यो, ‘रामकृष्ण खाँणलाई सभापति बनाउने सहमति भैसक्यो, अब आधिकारिक रुपमा बाहिर ल्याउन बाँकी छ । केही समयमा जानकारी गराउने तयारी छ ।’
रामकृष्ण खाँण संस्थापन पक्षका हुन् ।