- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदान सम्पन्न भएको छ । शनिबार जिल्ला सभापतिसहित पदाधिकारी चयनका लागि भएको निर्वाचनमा कुल १ हजार ६१८ मतदातामध्ये एक हजार ५७१ मत खसेको छ ।
क्षेत्र नम्बर १ को ५१३, २ को ४९७ र ३ को ५६१ मत खसेको छ। क्षेत्र नम्बर १ मा ५३४ मतदाता, २ मा ५०८ र ३ मा ५७६ मतदाता थिए । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका छन् ।
जिल्ला सभापति, पदाधिकारीसहित जिल्ला सदस्य पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेस कञ्चनपुर नेताहरुका अनुसार जिल्ला कार्यसमितिका लागि एनपी साउद दिवान विष्टको संयुक्त प्यानल र रमेश लेखक पक्षले कोइराला पक्षका केही नेतालाई साथमा लिएर चुनावी मोर्चा बनाएका छन् ।
सभापतिका लागि एनपी दिवान पक्षबाट बहादुर सिंह थापा, रमेश पक्षबाट पदम बोगटी, उपसभापतिमा लेखक पक्षबाट शंकरबहादुर चन्द, दिवाकर पाण्डे, एनपी दिवान पक्षबाट मिनबहादुर सिंह, हरिचन राना, सचिवमा लेखक पक्षबाट जनक सिह धामी, सिद्धराज भट्ट एनपी दिवान पक्षबाट हेमराज ओझा भीम भट्ट र स्वतन्त्रमा तर्कराज भट्टले उम्मेदवारी दिएका छन् ।
सहसचिवका लागि एनपी दिवान पक्षबाट नाफुसिह साउद, हरिप्रसाद अधिकारी, रमेश लेखक पक्षबाट पुष्कल चौधरी, कविराज भट्ट र स्वतन्त्रतर्फ कलकबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
पालिका तर्फबाट चार सदस्य निर्विरोध निर्वाचित भएका छन् । दोधाराबाट धनसरा चन्द, शुक्लाफाँटाबाट यशोदा भट्ट, कृष्णपुर नगरपालिकाबाट पदमा देवी ओझा र लालझाडीबाट राधा राना निर्विरोध चयन भएका छन् ।
कांग्रेस नेता दिलबहादुर देउवाले निर्विरोध सदस्यमा चयन भएका राधा राना, पदमा देवी ओझा र यशोदा भट्ट एनपी पक्षकै नेता भएको बताए । धनशरा चन्द लेखक पक्षका नेता हुन् ।
केही बेरमा मत गणना हुनेछ ।