- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर कांग्रेस सभापतिका तीन उम्मेदवारले बहुमत पुर्याउन नसकेपछि आइतबार पुनःमतदान हुने भएको छ ।
निर्वाचन समितिका अनुसार सभापतिमा उम्मेदवारी दिएका मीनकृष्ण महर्जन, जितेन्द्र कुमार श्रेष्ठ र रामकृष्ण चित्रकारले बहुमत पुर्याउन नसकेपछि आइतबार विहानबाट मतदान हुनेछ ।
सभापतिका उम्मेदवार चित्रकारले ५०४, श्रेष्ठले ४८२ र महर्जनले ३३६ मत प्राप्त गरेका छन् । अब सबैभन्दा बढी मत ल्याउने चित्रकार र श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको स्टाफ कलेजमा विहान ८ देखि दिउँसो १ बजेसम्म मतदान हुनेछ ।