- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपाली काँग्रेसको १४औँ महाधिवेसन अन्तर्गत दाङ जिल्ला कार्यसमितिका लागि शनिबार भएको मतदान सकिएपछि मतगणना भैरहेको छ।
सभापति पदका लागि चार जनाको उमेद्वारी परेसंगै कडा प्रतिस्पर्धा भएको छ । प्राप्त सूचना अनुसार सभापति पदका उमेद्वार हाल नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले अग्रता लिइरहेका छन् ।
उनले ३ सय २१ मत ल्याएका छने भने, भुप वहादुर डाँगीले १ सय ९६, कमल किशोर घिमिरेले १ सय १४ र जानकीलाल वस्नेतले ९१ मत ल्याएको वताइएको छ । अन्य पदाधिकारीहरुको पनि मत गणना भैरहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।