arrow

बालकृष्णका भाइ रामकृष्ण खाँण रुपन्देही कांग्रेस सभापतिमा सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
ramkrishna-khad.jpg

काठमाडौँ । गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरस कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न नेपाली कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत भएपछि शनिबार घोषणा सभामा बोल्दै गृहमन्त्री खाँणले जनता लोकतान्त्रिक मूल्य पद्धती र संविधान कमजोर हुने बताए । 

‘नेपाली कांग्रेस बलियो भयो भने नेपालमा लोकतन्त्र बलियो हुन्छ । संविधानलाई कार्यान्वयन गर्न सकिन्छ । विधिको शासन अवलम्बन हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘कांग्रेस कमजोर भए जनता कमजोर हुन्छन् । लोकतान्त्रिक मूल्य र पद्धती कमजोर हुन्छ । संविधान कमजोर हुन्छ । जनताका मौलिक अधिकार कमजोर हुन्छन् ।’

उनले जनतालाई सबल बनाउन, लोकतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउन संविधानलाई सबल बनाउन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, मुलुकमा सवृद्धि ल्याउन कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताए । पार्टीभित्र सहमति र सहकार्यले कांग्रेस बलियो हुने उहाँको भनाइ थियो । कांग्रेस बलियो बनाउने अभियान रुपन्देहीबाट सुरु भएको उनले बताए ।

 ‘जनतालाई सबल बनाउन, लोकतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउन संविधानलाई सबल बनाउन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, मुलुकमा सम्वृद्धि ल्याउन कांग्रेसलाई बलियो बनाउन जरुरी छ,’ खाणले भने, ‘कांग्रेस बलियो बनाउने अभियान रुपन्देहीबाट सुरु भएकोमा मलाई खुसी लागेको छ ।’

रुपन्देही खाँणको गृह जिल्ला हो । रुपन्देहीमा सर्वसम्मतीमा जिल्ला सभापतिमा रामकृष्ण खाण निर्वाचित भएका छन् । गृहमन्त्री खाणको पहलमा रुपन्देहीका संघीय सांसदद्वय भरतकुमार शाह, प्रमोद यादव, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, रुपन्देही कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठक लगायतको पहलमा कांग्रेसको जिल्ला सभापतिमा खाँण सर्वसम्मत चुनिएका थिए ।

त्यस्तै उपसभापतिमा थानेश्वर घिमिरे र अनिता शाह सर्वसम्मत भएका छन् । सभापतिमा निर्वाचित खाण गृहमन्त्री खाणका सहोदर भाई हुन भने, शाह संघीय सांसद भरत शाहकी श्रीमती छन् । घोषणा सभालाई संबोधन गर्दै गृहमन्त्री खाँणले निर्वाचनबाट चुनिएको सभापति भन्दा सर्वसम्मतिले चुनिएको सभापतिको कार्यभार बढी हुने र सबैको साझा सभापति हुने बताए ।

‘रामकृष्ण खाँणजी कुनै गुटको सभापति होइन, सबैको साझा सभापति हो । साझा रुपमै तपाईलगाययत जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुले आफ्नो उत्तरदायित्व पूरा गर्न सफल हुनुहुनेछ भन्ने मलाई विश्वास छ,’ गृहमन्त्री खाणले भने । 



नयाँ