arrow

ओलीलाई स्टालिन र हिटलरै देखिरहेको छु : डा.भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
oli-baburam9.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन्।

डा.भट्टराईले सामाजिक संजालमार्फत आफूले ओलीलाई स्टालिन र हिटलरै देख्ने बताएका हुन् । एमालेको १०औं महाधिवेशनमा ओलीको रणनीतिलाई इंगित गर्दै डा.भट्टराईले उक्त टिप्पणी गरेका हुन् ।

स्टालिन र हिटलरले आफ्ना सहकर्मीहरुलाई दासको झुण्डमा परिणत गरेझैं ओलीले पनि सोही रणनीति अपनाइरहेको उनको टिप्पणी छ । रुसी मोडेलका कम्युनिस्ट पार्टी र नाजी पार्टी जसरी नै नेपालका कम्युनिस्ट पार्टीहरु पनि सिद्दिने हुन त ? भन्ने पनि डा.भट्टराईको प्रश्न छ ।

उनले लेखेका छन्, ‘खड्गप्रसादलाई अरूले नचिनेका हुन् कि मैले भन्ने छिटै फैसला होला जस्तो छ। म त उनलाई स्टालिन र हिटलरै देख्छु। स्टालिन र हिटलरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरे झैँ खड्गप्रसादले त्यही गर्दैछन्। रूसी मोडेलका क पा र नाजी पार्टी जसरी सिद्दिए नेपालका क पाहरू पनि सिद्दिने हुन त ?’

चितवनमा जारी एमाले महाधिवेशनबाट ओलीले निर्वाचन नगरी सहमतिमा पदाधिकारी चयनमा गर्ने रणनीति अपनाएका छन् । जसलाई भीम रावललगायतका नेताहरुले आपत्ति जनइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ