arrow

कांग्रेस नवलपुर : क्षेत्र नं २ को पुन:मतगणना गर्दा पनि मत बराबर, गोला प्रथाबाट टुङ्गो

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर १२ आइतबार
sk.jpg

कावासोती । चार दिनअघि मतगणनामा बराबरी भएको नवलपुर नेपाली कांग्रेस क्षेत्र नं २ को सभापतिको मत शनिबार गणना गर्दा फेरि पनि बराबर भएको छ ।

निर्वाचन अधिकृत चुडामणि कंडेलले शनिबार गरिएको दोश्रो मतगणनामा पनि क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले बराबर ३९४ मत पाएका हुन् ।

गत बुधबार गणना गर्दा मत बराबरी भएपछि शनिबार कावासोती पार्टी कार्यालयमा पुन: गणना भएको हो । गत बुधबार बिहान ५ बजे क्षेत्रीय सभापतिका दुई उम्मेदवारको मत बराबरी भएपछि दुवै उम्मेदवारले पुनः गणनाको माग गर्दै गोला तान्न अस्वीकार गरेका थिए ।

शनिबार दोस्रो पटक पनि बराबर मत आएपछि अब गोला तानेर निर्णय लिइने बताइएको छ । कार्की कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट र गुरुङ वरिष्ठ नेता पौडेल पक्षबाट उम्मेदबार बनेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ