arrow
ADVERTISEMENT

कांग्रेस भक्तपुरः सभापतिमा थापा र कवेँको उम्मेदवारी घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
congress-14th-general-convention11111.jpg

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी  दिने भएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उनले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

सो अवसरमा नेता कवेँले  भने, “कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ । नगर प्रमुख, प्रदेश सभासद वा सङ्घीय सांसदमा म उम्मेदवारी दिन्नँ । भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नगरप्रमुख, उपपमुख र वडा तथा नगरपालिकामा कम्तीमा तीनवटा वडामा विजयी सुनिश्चित गराउने छु । यसका लागि मेरो उम्मेदवारी हो ।”

कार्यक्रममा कांग्रेस पूर्व जिल्ला सभापतिद्वय श्रेष्ठ र चक्रधरले १३औँ महाधिवेशनमा गरेको सहमति र सहकार्य वर्तमान जिल्ला सभापतिले पालना गर्न आग्रह गरे । 

कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, कांग्रेस जिल्ला सचिव उद्धव सिलवाल, भक्तपुर क्षेत्र नं २ का नवनिर्वाचित क्षेत्रीय सभापति भेषबहादुर कार्कीलगायतले पार्टीलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको बताए । यसअघि कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पुनः सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ