arrow

कांग्रेस बागलुङ सभापतिमा पुनः मतदान, दोर्णको समर्थन जगदीशलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
baglung-congress-kunwar-upa.jpg

बागलुङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनमा सभापतिका लागि तीन जना उम्मेदवारले नै ५१ प्रतिशत मत ल्याउन नसकेपछि बागलुङमा पुनः निर्वाचन हुने भएको छ । पुनः हुने निर्वाचनमा सभापतिका उम्मेदवार दोर्ण कुँवरले जगदीशचन्द्र उपाध्यायलाई समर्थन गर्ने भएका छन् । 

पहिलो चरणको निर्वाचनमा कुँवर, उपाध्याय र जित शेरचनले सभापतिमा उम्मेदवारी दिएका थिए । कुँवर तेस्रो भएका थिए । पहिलो हुने जगदीशचन्द्र र दोस्रो हुने जित शेरचनबीच पुनः प्रतिस्पर्धा हुन लागेको हो । कुँवरले आफ्नो समर्थन सभापतिका उम्मेदवार जगदीशचन्द्रलाई रहेको बताएका छन् ।

‘मेरो समर्थन जगदीश दाइलाई हो’ कुँवरले भने, ‘कांग्रेसलाई गतिशील र बलियो बनाउनका लागि जगदीशदाइलाई सबैले मतदान गरौँ । उहाँ जस्तो नेता बागलुङ कांग्रेससमा खाँचो छ ।’ कुँवरले जिल्लाको पार्टी संगठनलाई सुदृढिकरण गर्नका लागि सबै कार्यकर्तालाई उपाध्यायलाई मतदान गर्न आग्रह गरेका छन् ।

उपाध्यायले ७९०, शेरचनले ६८६ र कुँवरले १६८ मत ल्याएका थिए । सबैभन्दा कम मत ल्याएका कुँवरले उपाध्यायलाई समर्थन गर्दा उपाध्यायले जित्ने सम्भावना बढेर गएको छ । 

शेरचन उपाध्यायको मतान्तर १०४ छ । शनिरबार भएको मतदानमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

बागलुङमा कुल १७८० मतदाता रहेका छन् ।  कुँवरले उपाध्यायलाई समर्थन गरेपछि कांग्रेस बागलुङको नेतृत्व त्यागी र असल नेताको हातमा जाने नेता कार्यकर्ता बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ