arrow

कांग्रेस ललितपुर सभापतिमा जितेन्द्र विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
jitendra-balekhu1.jpg

काठमाडौं। नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित बनेका छन्। उनी स्थानीय राजनीतिमा उदयशमशेर राणा निकट हुन्। 

शनिबार भएको निर्वाचनमा तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत पुर्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाका बीचमा आइतबार पुनः मतदान भएको थियो। 

सो क्रममा श्रेष्ठले ६६५ मत ल्याएर निर्वाचित बनेका हुन् । अर्का उम्मेदवार रामकृष्ण चित्रकारले भने ६५३ मत ल्याएका छन्। उनलाई मदन अमात्यको साथ थियो। 

शनिबार आएको परिणामबाट भने मीनकृष्ण महर्जन तेस्रो हुँदै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । प्रतिस्पर्धाबाट बाहिरिएका उनले चित्रकारलाई सहयोग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ