arrow
ADVERTISEMENT

काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
congress-14th-general-convention1117.jpg

चितवन । नेपाली काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ ।

नेपाली काँग्रेस चितवन कार्यसमितिको आइतवार बसको बैठकले निर्वाचन समितिलाई अधिवेशनको मिति सिफारिस गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए । मङ्सिर १५ देखि १७ गतेसम्म बागमती प्रदेश समितिको निर्वाचन प्रक्रिया हुने भएकाले १८ गते मात्र पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्न लागिएको हो ।

यही मङ्सिर ११ गते निर्वाचन गर्ने भनिएकामा नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशनका कारण आवास र आवतजावतको समस्या हुने भन्दै स्थगित गरिएको थियो ।

जिल्लाको आजको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । काँग्रेसको विधानमा जिल्ला सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएकाले दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ । यसका लागि कम्तीमा तीन दिन लाग्ने बताइएको छ । सभापति पदका ६ प्रत्याशी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ