arrow

कास्की कांग्रेसको सचिवमा भानु ढकाल र देवेन्द्र भाट विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
Bhsnu & devendra.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीको दुई सचिव पदमा युवा नेता भानु ढकाल र देवेन्द्र भाट विजयी भएका छन् । सचिव पदमा प्रतिस्पर्धा गरेका अन्य आठ जनालाई पराजित गर्दै अत्यधिक मतका साथ ढकाल र भाट विजयी भएका हुन् ।

दुई हजार २५ मत खसेकोमा ढकालले ६८३ र भाटले ६८० मत प्राप्त गरी विजयी भए । 

सचिवमा प्रतिस्पर्धा गरेका अमृत कुमार श्रेष्ठले २१७, कृष्णप्रसाद तिमिल्सिनाले ४३६, भरतप्रसाद तिवारीले ५७८, महेन्द्र पुनले १९०, राजबहादुर गुरुङले ३४७, विष्णुप्रसाद पौडेलले ४४४ र सिरोज कोइरालाले ३३५ मत प्राप्त गरे ।

सचिवमा विजयी भएपछि सचिव ढकालले पार्टीलाई बलियो बनाउने उद्घोष गरेका छन् ।

अग्रजलाई सम्मान गर्ने र पार्टीको विरासत फर्काउने आफ्नो सपना रहेको उनले बताएका छन् । 

साथै जनतालाई पार्टीसँग जोड्ने र युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने अभियान सञ्चालन गर्ने उनको प्रतिबद्धता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ