arrow
ADVERTISEMENT

धादिङ कांग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
Ram Nath Adhikari.jpg

धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । 

सभापतिका लागि देउवा पक्षका ढुंगाना र पौडेल पक्षका अधिकारीबीच मतदान भएको थियो ।

सभापतिसहित अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश रामनाथकै प्यानलका उम्मेदवार विजयी भएका छन् । 

सभापति अधिकारीले १०८२ मत पाउँदा पराजित ढुङ्गानाले १०४६ मत पाए । उपसभापतिमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन् । झम्क भट्ट र शेरबहादुर तामाङ पराजित भएका छन् । 

मल्लले १०६८, अधिकारीले १००६ मत पाउँदा तामाङले ९८१ तथा झम्कले ९६९ मत पाए । 

सचिवमा विकास श्रेष्ठ र रामकृष्ण पाण्डे विजयी भए । श्रेष्ठले ११२१ र पाण्डेले १०१२ मत पाए । पराजित राजु पाख्रिनले ९८५ तथा राजेन्द्र अधिकारीले ८९८ मत पाए । 

सहसचिवमा नवराज तिमल्सिना १०९१ मतसहित विजयी भएका छन् । अर्को सहसचिव पदमा क्रान्ति डल्लाकोटी र विजय पाख्रिनको समान ९९५ मत आएको छ । हरि खतिवडाले ९१५ मत पाए । 

धादिङ क्षेत्र नं. २ बाट महासमिति सदस्यमा दिलमान पाख्रिनले सबैभन्दा उत्कृष्ट मत पाएका छन् । 

त्यसपछि क्रमशः भीमप्रसाद ढुंगाना, रमेश धमला, रामनाथ अधिकारी र डा. राजाराम कार्की महासमिति सदस्यमा निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ