arrow

नेपाली कांग्रेस झापा सभापतिमा सिटौला निकट देउमान थेबे विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
deuman-thabe.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत झापा जिल्ला सभापतिमा देउमान थेबे विजयी भएका छन् । झापामा ३३११ मत खसेको थियो ।

मतगणनाको अन्तिम परिणाम अनुसार उनले १७६५ मत प्राप्त गरेका छन् । सभापति पदका अर्का उम्मेद्वार राम कट्टेल १५१५ मत प्राप्त गरे । थेवे पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन भने कट्टेल पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा निकट मानिन्छन् ।

यसैगरी, उपसभापति पदमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई बिजयी भएका छन् । मेचीनगर निवासी पाण्डेले १८८९ मत र दमक निवासी भट्टराईले १६७४ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा प्रेम सम्बाहाम्फे (१४१५ मत) र शमशेर गिरी (१२२१ मत)पाएर उपविजयी भएका छन् । सचिव पदमा नविन बिमली (१८३८ मत) र कृष्ण हुमागाई (१६७६ मत) पाएर विजयी भएका छन् ।

सोही पदमा विश्वदीप लिङ्देन (१४३१ मत) र टोमलाल राजबंशी (१३१५ मत) उपविजयी भएका छन् । त्यसैगरी, सहसचिव पदमा कालेन्द्रप्रसाद सिंह राजबंशी र कमल प्रसाद भण्डारी विजयी भएका छन् । निर्वाचन समितिले नतिजा औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ