- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुनसरी । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सुनसरी सभापति केदार भण्डारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार संस्थापन इतरका सभापतिमा भण्डारीले १४२२ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी संस्थापनका सञ्जयप्रसाद श्रेष्ठले १३०९ मत ल्याई पराजित भएका छन् ।
यसैगरी उपसभापतिमा १३३५ मत ल्याइ नगेशचन्द्र राई र १३१२ मत ल्याइ पंकजकुमार महतो निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी गफार मिया अन्सारीले १२९७ मत र महेश दत्तले ११६६ मत ल्याइ पराजित भए ।
त्यसैगरी सचिवमा १४६७ मत ल्याइ विरेन्द्रकुमार साह र १२२९ मत ल्याइ माधवकुमार घिसिङ निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी रन्जेश भट्टराईले १२२८ र प्रमोद पोखरेलले १०९२ मत ल्याइ पराजित भएका छन् ।
त्यस्तै सहसचिव पदमा गणेश सुब्बाले १३०५ र मनिषकुमार रायले ११७७ मत ल्याइ निर्वाचित भएका छन् ।