arrow

बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
badri-pandey-congress-new.jpg

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आफू कांग्रेसको पुरानो संस्थापन अर्थात् कोइराला क्याम्पबाट उम्मेदवार बन्ने आशय व्यक्त गरे । ‘म दुई पटक केन्द्रीय सदस्यका रुपमा कांग्रेस केन्द्रीय समितिमा रहेँ, अब पदाधिकारीका रुपमा पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा छु, मेरो उम्मेदवारी कांग्रेसको पुरानो संस्थापन समूहबाट हुन्छ,’ पाण्डेले भने ।

उनी यसअघि १३ औं महाधिवेशनमा भने खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित बनेका थिए भने त्यसअघि १२औं महाधिवेशनमा सेती अञ्चल तर्फबाटसमेत केन्द्रीय सदस्य बनेका थिए ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा प्रवेश गरेका पाण्डे नेविसंघ केन्द्रीय समितिमा समेत सदस्य, सहमहामन्त्री, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्म बनेका थिए । तर चितवनमा भएको नेविसंघको महाधिवेशनमा भने उनी अध्यक्षमा पराजीत बनेका थिए । 

उनी २०७० सालमा संविधान सभा निर्वाचनमासमेत सदस्य थिए भने २०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा दुई वर्षका लागि गोलाप्रथाबाट सदस्य चुनिएका थिए ।



नयाँ