arrow

कांग्रेस महाधिवेशन: धनुषा ४ मा सर्वसहमतिले क्षेत्रीय सभापति चयन, महाधिवेशन प्रतिनिधि को-को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
dhanusha-4-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु सर्वसहमतिमा चयन गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, पूर्वसांसद डा. चन्द्रमोहन यादव र भोगेन्द्र पंजियारको रोहवरमा कुमारकान्त झालाई सर्वसहमतिमा क्षेत्रीय सभापतिमा चयन गरिएको हो ।

त्यस्तै महाधिवेशन प्रतिनिधिहरुको पनि टुंगो लागेको छ । जसमा महेन्द्र यादव, डा.चन्द्रमोहन यादव, भोगेन्द्र पंजियार, बासुलाल महतो, राजकुमार महतो, धिरेन्द्र मोहन झा, समिर घिमिरे, यज्ञराज शर्मा, सन्तोष यादव, कोमलकान्त झा, नवर किशोर यादव, सरु लामा, तुलसा आचार्य, सरिता यादव, रचना श्रेष्ठ र विरेन्द्रकुमार सिंह चयन गरिएको छ ।

त्यस्तै दलिततर्फ रामवरण पासवन, दलित महिलातर्फबाट पवन देवी दास चयन भएका छन् । त्यस्तै इब्राहिम राहीम, निर्मला झा, मिनादेवी पंजियार, विना यादव, वुलन यादव, अशोक ठाकुर र मनोज मिश्र महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

त्यस्तै महासमिति सदस्यतर्फ भने महेन्द्र यादव, डा.चन्द्रमोहन यादव, भोगेन्द्र पंजियार, बासुलाल महतो, सन्तोष यादव, तुलसा आचार्य र रचना श्रेष्ठलाई चयन गरिएको छ । यता समानुपातिकतर्फ भने विना यादव, राजकुमार महतो, विरेन्द्रकुमार सिंह, समिर घिमिरे र यज्ञराज शर्मा घिमिरेलाई चयन गरिएको छ । धनुषामा क्रियाशील सदस्य विवादका कारण लामो समय तल्लो तहको अधिवेशनहरु रोकिएको थियो । 



नयाँ