arrow

कांग्रेस महाधिवेशन: प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
congress-14th-general-convention1117.jpg

काठमाडौं । १४औं महाधिवेशनको तीब्र तयारी गरिरहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

सोमबार साँझ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २४ गते मतदाता नामावली प्रकाशन गर्ने र २७ गते विहान ८ बजेबाट मतदानको कार्यक्रम शुरु गर्ने जनाएको छ ।

कार्य तालिका अनुसार २५ गते मनोनयन पत्र दर्ता, मंसिर २६ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । 

त्यस्तै प्रदेशतर्फ मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ