arrow

हर्क साम्पाङ निकटका पूर्व ब्रिटिश आर्मी राई विदेश पठाइदिने भन्दै ३४ लाख ठगीमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
yogesh-rai-ex-british-arny-thagi.jpeg

काठमाडौँ । ब्रिटिश आर्मीका निवृत्त मेजर योगेश राई ठगीमा पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले बेलायती सेनाका रिटायर्ड मेजर राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका योगेश राईले वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।’

पक्राउ परेका निज राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए । किरात राई यायोख्या बेलायत अध्यक्ष साथै बेलायतमा रहेका नेपाली सुनचाँदी व्यवसायीहरुको संगठनका पनि अध्यक्ष हुन् । 

धरानका मेयर हर्क साम्पाङ निकट बताउने राई ठगी धन्दामा पक्राउ परेसँगै मेयरलाई पनि विवादमा तान्न सक्ने देखिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ