- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
उदयपुर । नेपाली कांग्रेस उदयपुर सभापतिमा हिमाल कार्की विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी बिदुर बस्नेतलाई पराजित गर्दै कार्कीले जिल्लाको नेतृत्व सम्हाल्ने भएका हुन् ।
उनी प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हुन् । मतपरिणामअनुसार कार्की १७८ मतान्तरले विजयी भएका हुन् । संस्थापन पक्षका कार्कीले ७६७ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी पौडेल–कोइराला खेमाका बस्नेतले ५८९ मत पाए ।
जिल्ला कार्यसमितिमा संस्थापन पक्षले दुई सदस्यबाहेक सबै पद हात पारेको छ। उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ निर्वाचित भएका छन् ।
सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी विजयी भएका छन् ।