arrow
ADVERTISEMENT

भक्तपुर कांग्रेस सभापतिमा देउवा निकट दुर्लभ दोहोरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
congress-bhaktapur-durlav-t.jpg

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन् ।  संस्थापन पक्षीय थापाले ५५५ मत प्राप्त गर्दै प्रतिष्पर्धी अष्टकुमार कवेलाई पराजित गरेका हुन् । कवेले ४४२ मत प्राप्त गरे । कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकटका हुन् ।

कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा पनि थापा र कवेबीच नै जिल्ला सभापतिका लागि प्रतिष्पर्धा भएको थियो । त्यसबेला पनि थापाले कवेलाई पराजित गरेका थिए ।

जिल्ला कार्यसमितिमा पनि थापा समूह नै विजयी भएको छ । उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भए । अवालले ५५९ र वनले ५१४ मत प्राप्त गरे । 

सचिवमा सुशिल बस्नेत ५५२ र राजेश खड्का ४८५ मतका साथ निर्वाचित भए । 

सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने निर्वाचित भए । अधिकारीले ५७४ र न्यौपानेले ५१४ मत प्राप्त गरे ।

जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुर थिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दिपेन्द्रकुमार थापा मगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री आएकाछन् । 

त्यस्तै समानुपातिक आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायष्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुल्लाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत र मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कवे समूहका उमेशकुमार खड्का निर्वाचित भए । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं। २ को कार्यसमिति सदस्यमा कवे समूहका वीरबहादुर विश्वकर्मा निर्वाचित भए ।

भक्तपुर क्षेत्र नं। २ को आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा कवे समूहका निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित भए । 

गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटी भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगित गरी पुनः जिल्ला अधिवेशनका क्रममा निर्वाचन गरिएको हो ।

भक्तपुर क्षेत्र नं। २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । महासमिति सदस्य खुल्लामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित भए ।

त्यसैगरी महिला खुल्लामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदीवासी जनजाति खुल्लामा ज्ञानदास प्रजापति, खसआर्य खुल्लामा लछुराम न्यौपाने विजयी भए । उनीहरु सबै कवे समूहका हुन्।

भक्तपुर क्षेत्र नं। १ को महासमिति सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए । महासमिति सदस्यमा प्रत्यक्ष खुल्लामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदीवासी जनजाति खुल्लामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की (सरु बाँनिया) सुभद्रा काफ्ले, आदीवासी जनजाति महिलामा गंगालक्ष्मी अवाल, खसआर्य खुल्लामा हरिप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ