arrow

बागलुङ कांग्रेस सभापतिमा सिटौला निकट जीत निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
jeet-sherchan-congress-bagl.jpg

बागलुङ। नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि शुरु भएको जिल्ला अधिवेशनबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट शेरचन सभापतिमा निर्वाचित भएका हुन् । 

शेरचन ८७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायले ७६८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार भएको मतदानमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोण कुँवर निर्वाचनबाट बाहिरिएका थिए । 

दोस्रो चरणमा शेरचन र उपाध्यायबीच पुन निर्वाचन भएको थियो । शेरचनलाई देउवा पक्षका नेताहरुको सहयोग रहेको थियो । उपाध्याय संस्थापन पक्षका उम्मेदवार हुन् । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका उपाध्यायले दोस्रो चरणमा पराजय भोग्नु परेको हो ।

जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल निर्वाचित भएका छन् । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरेका छन् । 

यस्तै सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भए । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरे । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीस निर्वाचित भएका हुन्  । खत्रीले ८५५ र ८८० मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन अधिकृत शर्माले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ