arrow

कांग्रेसका जिल्ला सभापतिहरु को को दोहोरिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
repeated-district-president-congress-2021.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा जिल्ला अधिवेशन चलिरहेको छ । अहिलेसम्म ५७ जिल्लाको छिनोफानो भइसक्दासम्म ६ जना सभापति दोहोरिएका छन् । 

कांग्रेसको विधानले नै दुई पटकभन्दा बढी जिल्ला सभापति हुन नपाउने भएपछि कतिपय तेस्रो पटक भने उम्मेदवारी दिन पाएनन् । अहिलेसम्म काठमाडौं, भक्तपुर, म्याग्दी, पूर्वी रुकुम, पश्चिम रुकुम र दार्चुलामा सभापति दोहोरिएका छन् । 

काठमाडौंका कृष्ण बानियाँ (सबुज), भक्तपुरका दुर्लभ थापा, म्याग्दीका खमबहादुर गर्बुजा (खमवीर), पूर्वी रुकुमका केशरमान रोका, पश्चिम रुकुमका प्रेमप्रकाश ओली र दार्चुलाका ललितसिंह बोहोरा दोहोरिएका हुन् । 

थापा, गर्बुजा, ओली र रोका संस्थापन अर्थात् शेरबहादुर देउवा पक्षका सभापति हुन् । त्यस्तै बानियाँ र बोहोरा इतर पक्षका हुन् । इतरभित्र जाँदा बानियाँ प्रकाशमान सिंह पक्षका हुन् । जसलाई गगनकुमार थापाको पनि समर्थन रहेको छ ।

त्यस्तै बोहोरा रामचन्द्र पौडेल पक्षका हुन् ।  

यसपालि देउवालाई अझ बढी फाइदा भएको छ । २०७२ सालको १३ औं महाधिवेशनका बेलामा देउवा इतर पक्ष रहेका थिए । १२ औं महाधिवेशन सुशील कोइरालाले जितेका थिए । 

१३ औं महाधिवेशन अगाडि नै सुशील कोइरालाको निधन भयो । त्यसपछि रामचन्द्र पौडेल पक्ष संस्थापन बन्न पुग्यो । त्यतिबेला संस्थापनमा भएका सभापति पश्चिम रुकुमका ओली यसपालि संस्थापनमा आएजसरी देउवामा आएका छन् । पूर्वी रुकुमका रोका पनि पहिले संस्थापन (पौडेल) मा रहेकामा अहिले संस्थापन (देउवा) मा आएका छन् । 

यो दृष्टिकोणबाट हेर्दा देउवालाई यसपालि थप फाइदा भएको छ । 



नयाँ