arrow

केन्द्रीय सदस्य उम्मेदवार बन्ने तयारीमा काँग्रेस नेता विष्ट

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
diwan-sing-bista.JPG

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रबाट नेपाली काँग्रेसको राजनीतिमा उदाएका नेता दिवानसिंह नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका कारण देशभर माहोल तातिरहँदा धेरैले आफ्नो आकाङ्क्षा सार्वजनिक गरिरहेका बेला नेता विष्टले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरिरहेको बताएका छन् ।

२०३२ साल देखि नेविसंघको राजनीति बाट काँग्रेसको राजनीतिमा सक्रिय देखिएका नेता विष्ट पार्टीका विभिन्न तहमा रही काम गर्दै आएका हुन ।

२०४७ मा नेपाली काँग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति बनेका हुन । नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य र त्यस यता महाधिवेशन प्रतिनिधि , महासमिति सदस्य रहँदै आएका विष्ट २०७० मा नेपाली काँग्रेसका तर्फबाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका हुन ।

विष्ट बेलौरी नगर विकास समितिको अध्यक्ष शुक्लाफाँटा आरक्ष समस्या समाधान आयोगका अध्यक्ष समेत रहेका थिए । क्षेत्रबाट प्रतिनिधित्व गर्दै जिल्ला र समग्र रुष्टको विकासका लागि राष्ट्रिय राजनीतिमा आफू जान लागेको नेता विष्टले बताए ।

विकास निर्माणका दृष्टिले पछाडि परेको क्षेत्र र समुदायको समग्र विकासका लागि आफुले नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको नेता विष्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ