arrow
ADVERTISEMENT

रसुवा कांग्रेस सभापतिमा संस्थापन निकट पेम्बाछिरिङ, सबै चयन सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
rauwa-congess-gcr-2078.jpg

रसुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रसुवामा भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोमबारदेखि शुरु भएको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ पुनः दोहोरिएका छन् । संस्थापन निकट तामाङ सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन् । त्यसैगरी उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा तथा सहसचिवमा पासाङ तितुङ र लक्षिण छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा वडा अधिवेशन सम्पन्न भए पश्चात अधिवेशन रोकिएको थियो । पुनः नयाँ निर्वाचन अधिकृत तोकिएर आएसँगै जिल्लामा अधिवेशनको प्रक्रिया अघि बढाइएको थियो । सहमतिमा मंगलबार जिल्ला, प्रदेश, र महाधिवेशन प्रतिनिधिहरु निर्विरोध चयन भएका हुन् ।

यी हुन् २६ महाधिवेशन प्रतिनिधि–
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् । जसमा प्रतिनिधिसभा सांसद ई. मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुट्टी तामाङ र सुनितामाया गुरुङ हुन् । 

त्यस्तै डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सीता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुषाल महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन् भने उपसभापतिमा लाक्पा कामी तामाङ, सिंगी लामा, सचिवमा निलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिवमा सुदीप गुरुङ र राजु तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर ‘क’ को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुनराज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामी सिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर बि।क।, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा ईश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनिलकुमार पौडेल, सुदर्शन कुमार पौडेल, निर्मल विक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकरकुमार तामाङ, उदय लामा, विद्यालक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेश कुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर वि.क. सर्वसम्मत चयन भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ