arrow

मोरङ कांग्रेस सभापतिमा शेखर निकट लिम्बू विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
DIk-Bahadur-Limbu-morong-nc.jpg
फाइल तस्बिर

मोरङ। नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । सभापतिका दाबेदार शेखर कोइराला निकट लिम्बूले नेता कृष्णप्रसाद सिटौला समूहले समर्थन गरेको संस्थापन निकट दिलीप गच्छदारलाई पराजित गरेका हुन् ।

पहिलो चरण चुनावमा सभापतिको टुङ्गो लाग्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणको चुनावमा तेस्रो भएका सिटौला समूहका उम्मेदवार यदुकुमार विष्टले गच्छदारलाई सघाउने घोषणा गरेका थिए । विराटनगरका मेयर भीम पराजुली पनि गच्छदारको पक्षमा खुलेका थिए ।

तर पनि नतिजा शेखरको समर्थन रहेको लिम्बूकै पक्षमा रह्यो । अन्तिम मतगणना अनुसार लिम्बूले १९०६ मत पाए भने दिलीप गच्छदारले १४२२ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ