arrow

धनकुटा कांग्रेसमा संस्थापन निकट राई विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
dinesh-rai-dhankuta-congres.jpg

धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्ला सभापतिमा दिनेश राई निर्वाचित भएका छन् । संस्थापन निकटका राईले प्रतिस्पर्धी कमोठ फागोलाई ३४ मतले पराजित गरेका हुन् । 

१ हजार १३ मत खसेकामा राईले ५०४ मत ल्याएका थिए । पराजित भएका फागोले ३४ मत कम ल्याए । उनले ४७० मत ल्याए । 

त्यस्तै उपसभापतिमा सुनिल डंगोल र निर्मल ओझा निर्वाचित भए । सुनीलले ४६६ तथा निर्मलले ४३० मत ल्याए । पराजित भएका रमेश इवाहाङले ४१० तथा सन्तोष तामाङले ४०० मत ल्याए । 

सचिवमा विजय सन्तोषी राई र जयन्द्र घिसिङ विजयी भए । लोकप्रिय मत पाएका राईले ६२६ मत ल्याए । त्यस्तै घिसिङले ४३९ मत ल्याए । पराजित भएका राजेन्द्र पौडेलले ३१४ तथा तीर्थ राईले ३९२ मत ल्याए । 

सहसचिवमा रोशन श्रेष्ठ र गिरिजा दाहाल निर्वाचित भएका छन् । श्रेष्ठले ५१८तथा दाहालले ४६६ मत ल्याए । पराजित अम्बिका राईले ४१८ तथा झडेन्द्र खतिवडाले ३३१ मत ल्याए । 

 

 



नयाँ