arrow

कांग्रेस बागमती प्रदेश महामन्त्रीमा ईश्वर नारायण मानन्धरले गरे उम्मेदवारी घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
Iswar-manadhar7.jpg

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको महामन्त्री पदमा दोलखाका ईश्वर नारायण मानन्धरले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसको सुदृढीकरण, शुद्धीकरण, रुपान्तरण र संघीयता कार्यान्वयनका लागि प्रदेशको महामन्त्री पदमा बसेर काम गर्न भन्दै उनले उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।

२०४१ सालमा गौरीशंकर क्याम्पस चरिकोटको नेविसंघ इकाइ सभापति, ०५४ सालमा तरुण दल जिल्ला अध्यक्ष हुँदै तरुण दलकै केन्द्रीय सदस्य र केन्द्रीय सचिव भइसकेका उनी कांग्रेसको १० औं महाधिवेशनपछि निरन्तर महासमिति सदस्यको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।

१४औं महाधिवेशनमा खुल्ला महाधिवेशन प्रतिनिधिमा दोस्रो लोकप्रिय मत पाएका उनी यसअघि भीमेश्वर नगरपालिकाको मेयर पदका उम्मेदरवार समेत भएका थिए । ‘राजनीतिमा निरन्तरता, योगदान र क्षमताको मापनलाई आधार मान्ने हो भने म महामन्त्री पदका लागि योग्य छु जस्तो लाग्छ । धेरै शुभेच्छुकहरुले पनि हौसला दिइरहनु भएको छ,’ उनले भने ।

कांग्रेसले सोमबार परिमार्जन गरेको कार्यतालिका अनुसार यही १७ र १८ मंसिरमा प्रदेश तहको संरचनाको नेतृत्व चयनका लागि पहिलो अधिवेशन गर्दैछ । उक्त अधिवेशनका लागि मान्धरले चुनावी अभियानलाई तिब्रता दिएको बताए । ‘सबैसँग कुराकानी गरिरहेको छु । तयारी भइरहेको छ । सबैले सकारात्मक प्रतिक्रिया जनाउँदै सहयोग गर्ने वचन दिनुभएको छ’ उनले भने ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ