arrow
ADVERTISEMENT

ललितपुरबाट कांग्रेस केन्द्रीय सदस्यमा बस्नेत, राणा र अमात्यको उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
lalitpur-congress-central-c.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ललितपुरबाट तीन नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेमा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत र कांग्रेस ललितपुरका निवर्तमान सभापति मदन अमात्य छन् ।

 राणाले १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । बस्नेत र अमात्यले पहिलोपल्ट केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

ललितपुरबाट ओमकारप्रसाद श्रेष्ठबाहेक कांग्रेस केन्द्रीय समितिमा अहिलेसम्म अरु आउन सकेका छैनन् । कांग्रेसको १३औं महाधिवेशनमा ललितपुरबाटै नेता रामकृष्ण चित्रकारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । तर, उनी विजयी हुन सकेनन् । 

यसपटक भने तरुण दलका वर्तमान अध्यक्ष बस्नेत, तरुण दलका पूर्वअध्यक्ष राणा र कांग्रेस ललितपुरका निवर्तमान सभापति अमात्य कांग्रेस केन्द्रीय कमिटीमा आउने प्रयासमा छन् । केन्द्रमा तीनै नेता पार्टी सभापति शेरबहादुर देउवा निकट छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ