arrow

नेपाल र जापानका विद्यार्थीबीच ‘हेल्लो नेपाल’ कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
education9494.jpg

काठमाडौं । नेपाल र जापानका विद्यार्थीबीच ज्ञान आदान–प्रदान गर्ने  ‘हेल्लो नेपाल’ कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौंमा रहेको प्रोमिनेन्ट किड्स  स्कुल र जापानको मित्सुयामा शहरको बेली स्कुलका कक्षा ४ र ५ का विद्यार्थीबीच उक्त कार्यक्रम सम्पन्न भएको हो । 

दुई घण्टासम्म चलेको कार्यक्रममा नेपाल र जापानका गरी २४ जना विद्यार्थी तथा अभिभावकलगायत शिक्षक–शिक्षिका उपस्थित रहेका थिए । आपसी परिचयका साथ शुरु भएको कार्यक्रममा दुई देशका विद्यार्थीले आ–आफ्नो देशलाई चिनाउने प्रस्तुति दिएका थिए । नेपाल र जापानका विद्यार्थीहरुले आ–आफ्नो देशलाई प्रतिनिधित्व गर्ने विभिन्न चित्र तथा तस्बिरको सहयोग तथा प्रस्तुतिको माध्यमबाट एक अर्का देशको चिनारी प्रस्तुत गरेका थिए । 

विद्यार्थीहरुबीच अनलाइनका माध्यमबाट खेल, प्रतियोगितात्मक चित्रकला, अनुभव आदानप्रदान तथा एक अर्का बीचका शब्द सिकाइ लगायतका कार्यक्रमहरु सन्चालन भएको थियो । 

दुवै देशका विद्यार्थीहरुले पूरा समय ज्ञानमुलक रहेको तथा यो कार्यक्रम रमाइलो रहेको बताएका छन् । यो दोस्रो कार्यक्रमबाट आफूहरु अझै उत्साही भएको प्रोमिनेन्ट किड्स स्कुलका प्रिन्सिपल जशु थापाले बताए । 

यसबाट विद्यार्थीहरुमा आत्मविश्वास बढेको साथै नयाँ कुराहरु सिक्न पाउँदा सिकाइ अझै प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । २१ औं शताब्दीको सिकाइको महत्वपूर्ण पाटो, अन्तर्राष्ट्रिय सह–सम्बन्ध र सहभागीतात्मक सिकाइलाई यो कार्यक्रमले अझै बल प्रदान गरेको प्रिन्सिपल थापाको विश्वास छ । 

नेपाल तथा जापानबीच यो कार्यक्रमको संयोजन गर्ने दीपकविक्रम थापाले यो कार्यक्रम देशलाई परदेशसँग चिनाउने एउटा उदाहरणीय कार्य भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ