arrow

कांग्रेस महाधिवेशनमा पाहुना स्वागत तथा व्यवस्थापन समितिलाई पूर्णता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
congress-14th-general-convention.jpg

काठमाडौं । नेपाली कांग्रेसको ‘१४ औँ महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ले बुधबार पूर्णता पाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गते सम्पन्न बैठकले १४औँ महाधिवेशन सम्पन्न गर्न सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा सो समिति गठन गरेको थियो ।
 
समितिमा पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा डिला सङ्ग्रौला सदस्य रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । 
 
यसैगरी समितिमा आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे र आनन्द (गोरख) विष्ट तथा सांसद दिव्यमणी राजभण्डारी, संविधान सभा सदस्य राजीवविक्रम शाह, डा प्रभु बुढाथोकी, पूर्वराजदूत डा दिनेश भट्टराई, सुशील नाहटा, दीपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया सदस्य रहेका छन् । 



नयाँ