- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता लोकेश ढकालले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । ढकालले एक समारोहको आयोजना गर्दैै आफूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
ढकालको पुस्तक ‘नेपाली राजनीति,राष्ट्रप्रेम,विचार र आदर्श’ को बुधबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकार्पण गरेका थिए। सोही समारोहमा ढकालले आफूले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
ढकालले उम्मेदवारी घोषणा गर्दै भने, ‘मेरो एक्लो प्रयासले कांग्रेसमा परिवर्तन सम्भव छैन तथापि पार्टीलाई राष्ट्रप्रेम, विचार र आदर्शको मार्गमा हिँडाउन मेरो इमान्दार प्रयास हुनेछ।’