arrow

प्रधानन्यायाधीशलाई गठबन्धन दलका नेताहरुको सुझाव ‘बिदामा बसेर कार्यबाहक तोक्नुहोस्’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
5dal-sattarut.jpg

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश जबरा पनि बिरामी परेकाले तत्काल कार्यबाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् । 

‘प्रधानन्यायधीश बिरामी भएकाले तत्काल कार्यबाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ’, संचारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए । 

प्रधानन्यायाधीश जबराविरुद्ध कानून व्यवसायीहरु विगत ३८ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले जबराले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ