arrow

कांग्रेसले द्वन्द्वकालका घाइतेको निःशुल्क उपचारका लागि पहल गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
kaski_congress.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले गण्डकी प्रदेश भित्रका द्वन्द्वकालका शहीद परिवारका सदस्य एवं सबै घाइतेको निःशुल्क उपचारका लागि सरकारसंग पहल गर्ने निर्णय गरेको छ । 

पार्टीको १४औं अधिवेशनबाट नवनिर्वाचितहरुको पहिलो बैठकले यस्तो निर्णय गरेको छ । बुधबार पदस्थापन लगत्तै बसेको पार्टीको पहिलो बैठकले यस्तो निर्णय गरेको पार्टी सचिव भानु ढकालले जानकारी दिए । 

उनका अनुसार पार्टीले प्रदेशका सबै जिल्ला पार्टी र सरकारी निकायसंग समन्वय गरेर नाम र विवरण संकलन गर्नेछ । त्यसपछि उनीहरुको अवस्था हेरेर आवश्यक उपचारका लागि प्रदेश सरकार र केन्द्र सरकारसंग समन्वय गर्ने उनले बताए ।

पार्टीले गण्डकी प्रदेश भित्रका यसैगरी बैठकले पार्टीका निवर्तमान सभापति कृष्ण केसीसहित वडादेखि जिल्ला तहसम्म अधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । 

सचिव ढकालका अनुसार पार्टीको प्रदेश र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न जिल्लाको तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग गर्ने निर्णय भएको छ ।

पार्टीको १४औं महाधिवेशन अन्तर्गत कास्कीको अधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी र कार्यसमिति सदस्यहरुको पहिलो बैठक बुधबार सम्पन्न भएको हो । नवनिर्वाचितहरुको पदस्थापनसंगै पहिलो बैठक बसेको बसेको हो । पार्टीका नवनिर्वाचित सभापति किशोरदत्त बरालको सभापतित्वमा भएको बैठकको सञ्चालन सचिव ढकालले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ