- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका साढे ८ लाख क्रियाशील सदस्य भएका छन् । आज नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रचारप्रसार विभागले आयोजना गरेको कार्यक्रममा पार्टी प्रवक्ता एवं प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले यसपालिको महाधिवेशनका लागि ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्य रहेको जानकरी दिएका हुन् ।
विभिन्न २०७ स्थानबाट क्रियाशील सदस्यता दर्ता गरिएको बताइएको छ । तीमध्ये सबैभन्दा धेरै क्रियाशील सदस्य बागमती प्रदेशका हुन् । त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशका हुन् ।
प्रदेश १ बाट १ लाख ७४ हजार ८१३ जना हुन् । प्रदेश २ का १ लाख ९९९ जना हुन् । बागमती प्रदेशबाट १ लाख ८५ हजार ३३५ जना हुन् । गण्डकी प्रदेशबाट १ लाख १८ हजार १४५ जना हुन् ।
लुम्बिनी प्रदेशबाट १ लाख ३१ हजार ११७, कर्णाली प्रदेशबाट ५३ हजार ५९६ तथा सुदूरपश्चिम प्रदेशबाट ७५ हजार १०१ जना हुन् ।