arrow

कांग्रेस वाग्मती प्रदेश सभापतिका उम्मेदवार प्रधानले गरे प्यानल घोषणा, हेटौंडामा खोले सम्पर्क कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
bhimsen-das-pradhan3.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वाग्मती प्रदेश सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो प्यानल निर्माणको प्रारम्भिक तयारी शुरु गरेका छन् ।

उनले आफ्नो प्यानलका लागि उपसभापतिमा चन्द्र महर्जन(ललितपुर), महामन्त्रीमा भरत चौंलागाईं(रामेछाप), सहमहामन्त्री मोति मोक्तान(दोलखा) र सहमहामन्त्रीमै दिर्घमान श्रेष्ठ(चितवन)को नाम टुङ्याएका छन् । विहीबार नै सबै पदाधिकारीहरुको नामावली टुंग्याउने तयारी भइरहेको प्रधानले जानकारी दिए ।

त्यस्तै उनले हेटौंडामा सम्पर्क कार्यालय पनि स्थापना गरेर सचिवालयको काम शुरु गरेका छन् । बुधबार मात्रै पत्रकार सम्मेलन गरेर प्रधानले बाग्मती प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको दरिलो साथ रहेको दाबी समेत गरेका छन् । उनले देउवा र सिटौलाले कुरा गरेरै आफूले सभापतिमा उम्मेदवारी दिएको पनि बताए । महाधिवेशन अन्तर्गत आज सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन शुरु हुँदैछ । 



नयाँ