arrow

कांग्रेसको १४ औं महाधिवेशन

कांग्रेस काठमाडौं सभापति बानियाँ भन्छन्- पार्टी नेतृत्व फेरिनै पर्छ

भोलि पछुताउन नपर्ने गरी नेतृत्व चयन गर्न आग्रह गर्छु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
sabuj-baniya-kathmadu-congr.gif

काठमाडौं। नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले भोलि पछुताउन नपर्ने गरी पार्टीको नेतृत्व चयन गर्न आवश्यक रहेको बताएका छन् । दोस्रो पटक जिल्ला सभापतिमा निर्वाचित बानियाँले पहिलाे पार्टी बनाउन स्थानीय तहदेखि याेग्य व्यक्तित्व छानिनु पर्ने र केन्द्रीय नेतृत्व फेरिनु पर्ने बताएका हुन् ।

सभापति बानियाँले सङ्गठनलाई थप सुदृढ गर्दै परिपक्व तरिकाले अघि बढाउन आफुले काम गर्ने बताएका छन् । 'पहिलो कार्यकालमा निर्वाचित भएदेखि नै नितान्त रूपमा पार्टीकै काममा लागेर योगदान दिएकै कारण' आफू दोस्रो चोटि पनि निर्वाचित भएको उनको भनाइ छ । 

केन्द्रीय नेतृत्व फेरिनु पर्ने बताउने सभापति बानियाँले आफू दाेस्राे चाेटी निर्वाचित हुन भने जनविश्वास कायम राख्नु भएकाे बताएका छन् । 'पार्टीको सिद्धान्त र मान्यतालाई अगाडि राखेर काम गर्नु र ममाथिकाे विश्वासलाई यथावथ राखेर अघि बढ्नु नै मे फेरिन निर्वाचित हुनुका आधार हुन्,' उनले भने ।

आफू फेरि निर्वाचित हुनु पछाडि सक्षम तरिकाले पार्टीलाई अगाडि बढाउनु र सङ्गठन विस्तार गर्नु रहे पनि पार्टीको केन्द्रीय नेतृत्व भने फेरिनु पर्ने उनको भनाइ छ ।

'कांग्रेससँग जुन किसिमको इतिहास छ, पार्टीको सिद्धान्त, आदर्श छ यसले पार्टीलाई सबल र सक्षम बनाउन सफल भूमिका निर्वाह गर्याे। पार्टी सबल हुनुले पार्टीका सिद्धान्त र सङ्गठनमा कुनै कमीकमजोरी नरहेको स्पष्ट भयो,' उनले भने । 

तर, यसलाई नेतृत्व गर्ने सबल र सक्षम व्यक्ति नहुँदा पार्टीपछि परेको उनको भनाइ छ। यसै कारण पार्टीलाई अघि बढाउन सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्ने सभापति बानियाँले बताएका हुन् ।

महाधिवेशनपछि तीनै तहको निर्वाचन सुरु हुने बताउँदै त्यसलाई आफ्नो पक्षमा पार्न पार्टीको नेतृत्व चयनमा ध्यान दिनुपर्ने सभापति बानियाँ बताउँछन् ।

'आगामी निवार्चनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन संस्थागतरुपमा आफू र आफ्नो भन्दा पनि पार्टीभित्र योग्य, प्रतिष्ठावान र सामाजमा परिचालित भएका व्यक्तिलाई नेतृत्वमा चुन्ने, पार्टीमाथि समग्र विश्वासको वातावरण सिर्जना गर्नुपर्ने' उनकाे भनाइ छ ।

काठमाडौंको हकमा 'नेतृत्वलाई अझ सबल बनाएर र एकत्रित गरेर महाधिवेशनको उपलब्धिलाई चाहिँ तीनै तहको निर्वाचनका लागि सफल गराउँछौँ,' उनले भने ।

'समग्र रूपमा सम्पूर्ण राज्य भरी भएका कांग्रेसीहरूले नेतृत्व चयन गर्दा भोलि म र मेरो भनेर चाहिँ भोलि धिक्कार्नु पर्ने परिस्थिती नआई कन गहनरुपमा सोच बुझ गरेर मैले भोलि कतै गल्ती गरेछु कि भन्ने नहुने गरी यो अधिवेशनमा भाग लिन आग्रह गर्दछु, अनुरोध गर्दछु,' उनले भने । 

'नेतृत्व परिवर्तन चाहिँ हुनै पर्छ, पार्टी अघि नबढ्नुका कारण धेरै छन् भन्ने सङ्केत गर्दै उनले भने, उदाहरणका लागि निर्वाचन प्रक्रियामा नै आएकै विवाद पनि समन्वय नगरी प्रशासनिक तरिकाले निर्णय गर्नु, यस्ता कुराहरूले पार्टीको नीति सिद्धान्त जतिसुकै राम्रो भए पनि अन्त्यमा एउटा नेतृत्वकर्ताबाट बिग्रिन सक्छ,' कांग्रेस काठमाडाैंका सभापति बानियाँले भने ।



नयाँ