arrow

देउवा–सिटौला समूहबाट प्रदेश १ कांग्रेस सभापतिमा उद्धव थापाको उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
uddav-thapa-congress-1.gif

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशहरुको अधिवेशन आजबाट शुरु भएको छ । यसअन्तर्गत प्रदेश १ को अधिवेशन विराटनगरमा हुँदैछ । प्रदेश कार्यसमितिका लागि उम्मेदवारी घोषणाको क्रम चलिरहेको छ । 

यसैबीच उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । थापा झापाका पूर्व सभापति हुन् । उनले संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानलबाट उम्मेदवारी दिने तय भएको हो । 

उनले चुनावी अभियानसमेत शुरु गरिसकेका छन् । प्रदेश १ को अधिवेशन गर्न पार्टीले सिटौलालाई संयोजक तोकेको छ । उनले आफ्नो गृहजिल्ला झापाका यसपालि पनि आफ्नो पक्षका देउकुमार थेवेलाई जिताएका छन् । 

सोही अनुसार प्रदेश सभापतिमा पनि उनले आफ्नैलाई ल्याउन संस्थापनसँग साझेदारी गरेका हुन् । 

को हुन् उद्धव थापा ? 
२०३४ सालतिर काठमाडौंको शंकरदेव क्याम्पसवाट नेविसंघको इकाईबाट राजनीतिक जीवन शुरु गरेका थापा २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय व्यवस्था स्थापनाका लागि बहुदलको प्रचार अभियानमा सक्रिय थिए । उनले वीपी कोइरालाको सुरक्षा दस्तामासमेत रहेर काम गरेका थिए ।

कांग्रेस राजनीति भने झापा अर्जुनधारा गाउँसमितिको सचिव–सभापति हुँदै उनले झापा २ नं निर्वाचन क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरेका छन् । 



नयाँ