arrow

कांग्रेस संस्थापन इतर समूहबाट लुम्विनी प्रदेशको प्यानल घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
congress-14th-general-convention22252.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत संस्थापन इतर समूहले लुम्बिनी प्रदेश समितिका लागि उम्मेदवारहरुको नामावली टुंग्याएको छ ।

संस्थापन इतर समूहबाट अमरसिंह पुन(रोल्पा)लाई सभापतिमा अगाडि बढाइएको छ । त्यस्तै उपसभापतिमा भुवन श्रेष्ठ(गुल्मी) र अष्टभुजा पाठक(रुपन्देही)को नामलाई अन्तिम रुप दिइएको छ ।

त्यस्तै महामन्त्रीमा विक्रम खनाल (नवलपरासी), सुरेन्द्रराज आचार्य (कपिलवस्तु)लाई अगाडि बढाइएको छ । सहमहामन्त्रीमा खगराज पाण्डे(दाङ), विष्णु मुस्कान(अर्घाखाँची) साथै निमा गिरी (प्युठान)लाई महिला सहमहामन्त्रीका रुपमा अन्तिम टुंगो लगाएको छ । कांग्रेसको प्रदेश अधिवेशन आज विहीबारदेखि शुरु भएको छ । 



नयाँ