arrow

नेतृत्वकै कारणले पार्टी कमजोर भएकाले अब नेतृत्व चयन गर्दा ध्यान दिन नेता सिंहको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
prakshman-final7.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

हेटौंडामा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन आग्रह गरेका हुन् ।

‘नेतृत्व चयन गर्दा होस नपुर्याउने, अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईहरुले ध्यान दिनु पर्दछ ।’

साथै उनले कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताए । ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाई त कांग्रेसले पाउनु पर्ने हो । तर कम्युनिष्टहरुले प्राप्त गरे,’ नेता सिंहको भनाई थियो ।

संविधान जारी कांग्रेसले गरेको र संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको उनको टिप्पणी थयो । जनताले अपेक्षा गरेको परिवर्तन हुन अझै बाँकी रहेको नेता सिंहले बताए ।

उनले समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा रहेको जिकिर गरे । कम्युनिटहरुले प्राप्त उपलब्धीहरु नष्ट गर्न लागि परेको उनको आरोप थियो । करीब दुईतिहाइको सरकार हुँदा पनि कम्युनिष्टहरु संघीयता कार्यन्वनका समेत असफल भएको उनले बताए ।

नेता सिंहले अब देशमा आर्थिक क्रान्ति गर्नुपर्ने समय आएको भन्दै त्यसको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए । कांग्रेसको नेतृत्वमा मात्रै मुलुकमा आर्थिक क्रान्ति सम्भव भएको उनको दाबी छ ।

जनताको जिवन र जिविकोपार्जन सहज बनाउनको लागि आर्थिक कार्यक्रम ल्याउनु पर्नेमा उनको जोड थियो । अबको अर्थिक क्रान्ति जनताको स्वास्थ्य उपचार निशुल्क गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने उनले बताए । 



नयाँ