- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महोत्तरी । नेपाली कांग्रेस महोत्तरी–३ को अधिवेशनमा झडप भएको छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो । संस्थापन इतरका विमलेन्द्र निधी र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्दसत्रमा सहभागीहरूले बताएका छन् । महोत्तरी–३ बाट मनोज झा, रागवेन्द्र झा र रामु यादव सभापतिको आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने रागवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीको कारण झडप भएको निधि निकट नेताहरूले आरोप लगाएका छन् । ‘रागवेन्द्र झालाई सभापति बनाउने विवादले समस्या सिर्जना भएको हो’, कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।
तिवारीले चुनावभन्दा पनि रागवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनु पर्ने अडान गरेको तर विमलेन्द्रनिकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको आरोप छ ।
मनरासिस्वा नगरपालिका(८ मा बाँकी रहेको वडा अधिवेशन पनि तिवारी पक्ष कै कारण अगाडि बढ्न नसकेको निधि पक्षको आरोप छ । ‘तिवारी तथा पौडेल समूहले वडामा चुनावको तयारी हुँदै गर्दा फर्जी मतदाता ल्याएर निर्वाचन भाड्न खोजेको आरोप छ’, क्षेत्र नम्बर ३ का उपसभापति विजय साहले भने ।
बन्दसत्रमा भएको झडपमा नेता रामु यादव सामान्य घाइते भएका छन् । तिवारी पक्षले बन्दसत्रमा नै गुण्डा परिचालन गरेपछि निधी समूह छलफल नै नगरी बाहिरिएको साहको भनाइ छ ।