arrow

रामचन्द्र पौडेल र शशाङ्क कोइराला सहभागी गण्डकीको मञ्चमै बबण्डर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
Ramchandra Poudel.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको अधिवेशनमा नेताहरुबीच बबण्डर भएको छ । उद्घाटनको विषयलाई लिएर बबण्डर भएको हो ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता गोपालमान श्रेष्ठलगायतका नेताहरु सहभागी सहभागी कार्यक्रममै यस्तो बबण्डर भएको हो । 

कार्यक्रम सञ्चालक कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले प्रदेश सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका नेता अर्जुनप्रसाद जोशीलाई मात्र बोल्न दिएपछि यस्तो बबण्डर भएको हो । जोशी बोलेपछि अन्य आकांक्षीले पनि बोल्न पाउनुपर्ने भन्दै कार्यकर्ताले विरोध गरेका थिए । 

कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले केही समय माइक कब्जा गर्दै ‘विपी कोइराला, गणेशमान र किसुन्जी सहभागी कार्यक्रममा बक्ता रहने यज्ञबहादुरलाई मञ्च नदिने’ भन्दै आक्रोश पोखे । 

सभापतिका आकांक्षीमध्येका यज्ञबहादुर थापाले आफूहरू हार्न पाउनुपर्ने भन्दै उपसभापति एवं कार्यक्रमका अध्यक्ष गोपालमान श्रेष्ठको आलोचना गरे । श्रेष्ठले नै नियोजित रूपमा जोशीलाई मात्र बोल्ने कार्यक्रम मिलाएको उनको आरोप छ ।

“उम्मेदवार सबैले बोल्न पाउनुपर्छ । तपाईंले जसलाई जिताउन छ, जिताउनुहोस्,“ थापाले भने, “बीपीको आन्दोलन, कार्यक्रम चलाएको हुँ मैले । तर आज यो मञ्चले मलाई बोल्न दिएन ।’

कार्यकर्ताले श्रेष्ठलाई अर्को केपी ओली भन्दै नाराबाजी समेत गरेका थिए । पछि सबै उम्मेदवारलाई बोल्न दिनेगरी उद्घाटन कार्यतालिका संशोधन गरेपछि कार्यक्रम पुनः सुरु भएको थियो ।

त्यसलगत्तै बोलेका सभापति पदमा उम्मेद्वारी घोषणा गरेका नेता देवराज चालिसेले सत्ता र शक्तिको भरमा पार्टी कब्जा गर्न खोजिएको भन्दै आक्रोस पोखे । 

कार्यक्रममा बोल्ने क्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘कहिं नभएको जात्रा हाँडी गाउँमा, कहिं नभएको अव्यवस्था कांग्रेसको महाधिवेशनमा’ भएको भन्दै उक्त कार्यको आलोचना गरे । 

गण्डकी प्रदेश सभापति पदका लागि संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशीले उम्मेद्वारी दिने निर्णय भइसकेको छ । संस्थापन इतर पक्षबाट पाँच जनाले उम्मेद्वारी दिने अडान लिएका छन् ।

संस्थापन इतर पक्षबाट कास्कीका शुक्रबाराज शर्मा, यज्ञ थापा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र नवलपुरका नेता महेन्द्रध्वज जिसी अकांक्षी छन् । 

आकांक्षीलाई मिलाउन नेता रामचन्द्र पौडेललगायतका नेताहरु लागि परेका छन् ।

कांग्रेस नेताहरुको आपसी झगडापछि सुरक्षा व्यवस्था कडा बनाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ