- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन आजबाट शुरु भएको छ । उक्त क्रममा प्रदेश १ मा उम्मेदवार खडा हुने क्रम पनि चलिरहेको छ । सभापतिका लागि कांग्रेस संस्थापन इतरबाट गुरुराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
संस्थापन इतर पक्षले साझा उम्मेदवार तय गर्नका लागि हिजोमात्रै प्रदेशअनुसार छुट्टाछुट्टै परामर्शका लागि नेताहरु तोकेको थियो । जसमा प्रदेश १ का लागि बलबहादुर केसी, महेश आचार्य, डा मिनेन्द्र रिजाल, डा शेखर कोइराला, सरिता प्रसाइँ र स्वयं घिमिरे रहेका थिए ।
टोलीले परामर्श टोलीकै सदस्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेश १ मा कांग्रेसको संस्थापन पक्षबाट यसअघि नै उद्धव थापा उठ्ने भइसकेका छन् । त्यहाँ संस्थापन र कृष्णप्रसाद सिटौला पक्षबीच एलायन्स भएको छ ।