arrow

कांग्रेस महाधिवेशनः गण्डकीमा उम्मेदवारी दस्तुर घटाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
congress.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशमा उम्मेदवारको उम्मेदवारी मनोनयन दस्तुर घटाइएको छ । पार्टीको १४औं महाधिवेशन अन्तर्गत गण्डकीमा उम्मेदवार बन्नका लागि चर्को शुल्क लिन लागिएपछि चौतर्फी आलोचना र विरोध भएको थियो । 

अधिवेशन उद्घाटनमा बोल्ने वक्ताले नै शुल्कको विषयमा चर्को आलोचना गरेका थिए । त्यसपछि आयोजकले पार्टीको विधान अनुसार शुल्क लिने घोषणा गरेको थियो । 

कार्यक्रम सञ्चालक एवं कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले पार्टी विधान अनुसार नै उममेदवार मनोनयन शुल्क लिइने घोषणा गरेका थिए । 

उनका अनुसार पार्टी सभापतिका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि ११ हजार र सदस्य पदका लागि पाँच हजार रुपैयाँ उम्मेदवारी मनोनयन शुल्क लिइनेछ । 

यसअघि प्रदेश सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१, महामन्त्रीका लागि ५१ र सहमहामन्त्रीका ४१ र सदस्य पदका लागि ३१ हजार रुपैयाँ उम्मेदवारी मनोनयन शुल्क लिने भन्दै पोष्टर टाँसिएको थियो । 

महंगो शुल्कको पोष्टर सामाजिक सञ्जालमा छलपष्ट भएको छ । आयोजकले प्रत्येक प्रतिनिधिसंग २५ सय रुपैयाँका दरले प्रवेश शुल्क लिएको छ । 

प्रदेशका करिब एक हजार ७० प्रतिनिधिबाट करिब २६ लाख ७५ हजार रुपैयाँ रकम उठ्नेछ । आयोजक समितिका एक सदस्यका अनुसार पार्टीको पहिलो अधिवेशन भएको, पार्टीको प्रदेश संरचना नभएको र आर्थिक श्रोत पनि नभएका कारण उम्मेदवारी शुल्क बढी तोकिएको बताए ।

उम्मेदवारका शुल्क घटाइएपछि महाधिवेशनबाट ठूलै घाटा लाग्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ