- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनका लागि संस्थापन इतरको पक्षले साझा उम्मेदवारको टुङ्गो लगाएको छ । इतर पक्षले रोल्पाका अमरसिंह पुनलाई सभापतिको उम्मेदवारमा अगाडि सारेको छ ।
त्यस्तै उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठकलाई अगाडि सारेको छ । त्यस्तै महामन्त्रीमा नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र महिलातर्फ प्यूठानकी निमा गिरीलाई उठाउने भएको छ । संस्थापन पक्षले भने अझै पदाधिकारीमा उम्मेदवारी तय गरेको छैन ।