arrow

शिवाकोटी कोरियाको मानार्थ नागरिकताबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
nawaraj-shiwakoti-korea-con.jpg

सोल । समाजसेवी तथा व्यवसायी नवराज शिवाकोटी दक्षिण कोरियाको मानार्थ नागरिकताबाट सम्मानित भएका छन् । जनसम्पर्क समितिका पूर्व सभापति तथा नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका शिवाकोटीलाई सोल महानगरपालिकाले मानार्थ नागरिकता प्रदान गरेको हो । 

एक भव्य समारोहको आयोजना गरी महानगरले शिवाकोटीलाई सम्मान गरेको हो । उनलाई सोल महानगरको विभिन्न सामाजिक काम तथा सांस्कृतिक गतिविधि, नेपाल र कोरियाबीचको सम्बन्धमा योगदान दिएको भन्दै सम्मान गरेको हो । 

उनी एनआरएन कोरियालगायत कोरिया नेपालका दर्जनभन्दा बढी संघ संस्थामा सल्लाहकार लगायतका भूमिकामार्फत कोरिया र नेपाली समाजको सामाजिक गतिविधिमा सक्रिय छन् ।
 
यो वर्ष ८ मुलुकका ९ जनाले सोल महानगरको महानार्थ नागरिकको सम्मान पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ